
काठमाडौं, भदौ ३० । जीपी ट्रेडिङ कम्पनीको आयोजनामा पहिलो ओप्पल एम्याचुयर गल्फ प्रतियोगिता आयोजना हुने भएको छ ।
गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा आगामी शनिबार हुने एकदिने प्रतियोगितामा महिला, पुरुष, सिनियर जुनियर गरी सयजनाभन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ ।
आगामी वर्षहरुमा पनि यस्ता प्रतियोगिता आयोजना गर्दै जाने जीपी ट्रेडिङ कम्पनीकी निर्देशक राशी सांघाइले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्