
काठमाडौं, भदौ २९ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले स्वास्थ्य क्षेत्रमा देखिएका विसंगति हटाउन नीतिगत सुधार आवश्यक भएको बताएका छन् ।
नर्भिक इन्टरनेसनल हस्पिटलको नवनिर्मित विशिष्ट सुविधासहितको लून–गंगा अपरेटिङ सुइट्सको आज उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण नगरी सेवामुखि बनाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य सेवा ग्रामीणमुखि हुनुपर्ने भन्दै उनले स्वास्थ्य नीतिमा परिर्वतन आवश्यक रहेकोमा जोड दिए ।
नेपालको समग्र स्वास्थ्य सेवाबाट सन्तुष्टि हुने अवस्था नरहेको उनको भनाइ थियो । मन्त्री महराले लून–गंगा अपरेटिङ सुइट्सले जनतालाई गुणस्तरीय र सर्वसुलभ सेवा दिने विश्वास व्यक्त गरे ।
अस्पतालका अध्यक्ष बसन्तकुमार चौधरीले आम नेपालीले स्वास्थ्य सेवा घर दैलोमा पाउन भन्ने उद्देश्यले लून–गंगा अपरेटिङ् सुइट्स कक्ष खोलिएको बताए ।
प्रतिक्रिया दिनुहोस्