१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


‘हजयात्रामा १५ लाख भक्तजन सहभागी’


0
Shares

साउदी अरब, भदौ २६ । महान चाड ईदका लागि लाखौं मुस्लिम धर्मावलम्बीहरु साउदी अरबको मक्का मदिना पुगेका छन् ।

यो बर्ष १५ लाख भक्तजनहरु मक्का पुगेको साउदी अरब सरकारले जनाएको छ । अत्यधिक भीडका कारण हुने भागदौडमा बर्षेनी भक्तजनहरुको मृत्यु हुने गरे पनि हज यात्रीको संख्यामा भने कमी नआएको बताइन्छ ।

अप्रिय घटना हुन नदिन त्यहाँको सुरक्षा ब्यवस्था कडा तुल्याइएको छ ।

हजको मुख्य उद्देश्य गरिब, धनी र सामाजिक स्तरमा कुनै पनि भेदभाव नराख्नु हो । इस्लामको पवित्रस्थल भएका कारण विश्वभरका मुस्लिमहरु मक्का–मदिना जाने गरेका छन् । (एजेन्सी)