११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भारतीय युवालाई रिहाइको माग गर्दै प्रदर्शन, दोधारा-चाँदनी तनावग्रस्त


0
Shares

कञ्चनपुर, भदौ २५ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर आज दिनभर तनावग्रस्त बन्यो ।

गत मंगलवार स्थानीय महिलालाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका भारतीय युवालाई रिहा गर्न दबाब दिँदै सिमा क्षेत्रका भारतीयहरुले प्रदर्शन गरेपछि कुतियाकवर तनावग्रस्त बनेको हो ।

त्यसक्रममा नेपाली र भारतीय युवाहरुबीच झडप समेत भएको थियो ।

गत मंगलवार राती नेपाल भारत सिमा क्षेत्रको कुतियाकवरस्थित एक घरमा प्रवेश गरी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेशका ३४ वर्षिय शरद रायलाई पक्राउ गरेको छ ।