१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय


0
Shares

काठमाडौं, भदौ २५ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

उत्तर कोरियाले शुक्रबार परमाणु परीक्षण गरेपछि सुरक्षा परिषदले उसमाथि थप प्रतिबन्ध गराउने निर्णय गरेको हो ।

अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेपछि दक्षिण कोरिया, चीन, जापान, अमेरिकालगायतका देशले विरोध गर्दै उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए ।

यसैबीच, अमेरिकाले भने उत्तर कोरियामाथि सैनिक कारबाहीको तयारी गरेको बताइएको छ ।

उत्तर कोरियाले अरु शक्तिशाली राष्ट्रको बेवास्ता गर्दै यो वर्षमात्रै पाँचओटा परमाणु परीक्षण गरिसकेको छ । (एजेन्सी)