११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


महन्थ ठाकुरको छोरीलाई आक्रमण गरी घरबाट ब्रिफकेस लुटियो, छोरी घाइते


0
Shares

                                                             फाइल फोटो

भक्तपुर, भदौ २५ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा अपरिचित एक व्यक्तिले ठाकुरका छोरी ३२ वर्षीया डा. मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको छ ।

शुक्रबार राति करिब ७ः३० बजे माक्स लगाएको अपरिचित उक्त व्यक्ति ठाकुरको छोरी र काम गर्ने एकजना केटामात्रै भएको बेलामा घरमा प्रवेश गरी आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घरमा प्रवेश गरी छोरी डा. मीनाक्षीको आँखामा खुर्सानी दलेपछि प्रतिकार गर्न खोज्दा धारिलो हतियार प्रहार गर्दा उनी घाइते भएको प्रहरीले जनाएको छ ।

हात र टाउकोमा चोट लागेपछि मीनाक्षीको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण बर्जाचार्यले जनकारी दिए ।

आक्रमण गरेलगत्तै नकाबधारी उक्त व्यक्ति अध्यक्ष ठाकुरको कोठामा पसेर कालो ब्रिफकेस लिएर फरार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।

प्रहरीले चारओटै नाका बन्द गरी कुकुरसहितको टोलीले फरार व्यक्तिको खोजी गरिरहेको जानकारी दिएको छ । रासस