७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


त्रिभुवन विमानस्थल विस्तार योजनाका ठेकेदारसँगको सम्झौता तोडिने


0
Shares

काठमाडौं, भदौ २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीसँग सम्झौता तोडिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले काम नगर्ने कम्पनीसँगको ठेक्का सम्झौता तोड्दा कुनै फरक नपर्ने अभिव्यक्ति दिएपछि सम्झौता तोडिने निश्चित भएको हो ।

तीन वर्षमा यो कम्पनीले गरेको कामको प्रगति १६ प्रतिशत छ । काम नगर्ने कम्पनीले उल्टै क्षतिपूर्ति माग गरेकाले पनि ठेक्का सम्झौता तोडिने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरेअनुसारको प्रगति नभएको र सन्तोषजनक रुपमा काम पनि नभएपछि आगामी एक महिनापछि यो सम्झौता तोडिदैंछ ।

प्राधिकरणले विमानस्थल विस्तारको जिम्मा दिएको स्पेनिस कम्पनी सान्जोसे कन्स्टोराले सम्झौता अनुसारको काम गर्न नसकेकाले ठेक्का तोडिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट