१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ओबामा भन्दा पुटिन सच्चा नेता : डोनाल्ड ट्रम्प


0
Shares

काठमाडौं, भदौ २३ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक सच्चा नेता भएको बताएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसले अस्थिरताको बीउ रोपेको आरोप लगाएको केही घण्टामा नै ट्रम्पले रुसको बचाउ गर्दै भ्लादिमीर पुटिन सच्चा र क्षमतावान नेता भएको प्रतिक्रिया दिएका हुन् ।

भ्लादिमीर पुटिनका कारण रुस बलियो भएको ट्रम्पको भनाइ छ । साथै ट्रम्पले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको इमेल घोटालालाई राष्ट्रपति ओबामाले लुकाउन खोजेको आरोप लगाउँदै ओबामाकै कारण देशमा अस्थिरता सिर्जना भएको जिकीर गरे । (एजेन्सी)