८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बरिष्ठ तबलाबादक उपाध्यायको अन्त्येष्टि गरियो


0
Shares

काठमाडौं, भदौ २३ । बरिष्ठ तबलाबादक होमनाथ उपाध्यायको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

फोक्सोको क्यान्सरका कारण बुधबार काठमाडौंमा निधन भएका उपाध्यायको आज अन्त्येष्टि गरिएको हो ।

यसअघि उपाध्यायको शव श्रद्धाञ्जलीका लागि बिहान करिब ८ बजदेखि पशुपति आर्यघाटमै राखिएको थियो ।

दाहालको शवमा श्रद्धाजली व्यक्त गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सहरी विकास मन्त्री अर्जुननरसिंह केसीलगायत सरकारका मन्त्री, कलाकार, सञ्चारकर्मी, उनका चेला, आफन्तजनलगायतको उपस्थिति थियो ।

७२ वर्षीय उपाध्याय नेपालका धेरैजसो तबलाबादकका गुरु समेत मानिन्थे । विगतमा भारतको मुम्बइमा त्यहाँका प्रसिद्ध संगीतकारहरुसँग बसेर काम गरेको अनुभव समेत सँगालेका उपाध्याय हाल अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोनियामा तबलाबादनको अतिथि प्राध्यापकको रुपमा समेत कार्यरत थिए ।

स्वर्गीय उपाध्यायका श्रीमती, एक छोरा र एक छोरी छन् । उपाध्यायका छोरा प्रमोद उपाध्याय पनि तवलावादक नै हुन् ।