
काठमाडौं, भदौ २२ । युवा क्रिकेट खेलाडीहरु आरिफ शेख र सुनील धमलालाई सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले प्रायोजन गरेको छ ।
बुधबार राजधानीमा एक कार्यक्रम गरी सिप्रदीले दिएको जानकारीअनुसार यी दुबै खेलाडीलाई मासिक जनही २० हजार रुपैयाँ दिनेगरी दुई वर्षका लागि प्रायोजन गरिएको हो ।
यसबाहेक क्रिकेट खेल सामग्री पनि सहयोग गर्ने प्रायोजकको भनाइ छ ।
कालिकोटका सुनील धमला र वीरगन्जका शेख १९ वर्षमुनिको राष्ट्रिय टोलीका भरपर्दा खेलाडी हुन् । शेखले राष्ट्रिय टोलीबाटसमेत खेलिसकेका छन् ।
यसअघि, अरु दुई क्रिकेटरहरु राजु रिजाल र प्रेम तामाङलाई एनआइसी एसिया बैंकले यसैगरी प्रायोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्