११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


चार वर्षीया बालिका बलात्कृत


0
Shares

बैतडी, भदौ २२ । दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीय प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिए ।

सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ ।

धामीविरुद्घ दार्चुला जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धामी बलात्कृत बालिकाको मामा नाता पर्नेसमेत खुल्न आएको छ । रासस