
सिरिया, भदौ २२ । सिरियाली सेनाले विद्रोही नियन्त्रित क्षेत्रमा रासायनिक हमला गरेको समाचार प्रकाशमा आएको छ ।
विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी सेनाले हेलिकोप्टरबाट रासायनिक हमला गरेको बताइएको छ । अलेप्पोका केही भागमा भएको यस्तो हमलामा कम्तीमा पनि ८० जना घाइते भएका छन् ।
पछिल्लो रिपोर्ट स्वतन्त्र रुपमा पुष्टि हुन नसके पनि अगस्टमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा रहेको एउटा छानविन टोलीले सिरियाली सरकारी सेनाद्वारा कम्तीमा दुई पटक क्लोरिन रसायन प्रयोग गरी हमला भएको ठहर गरेको थियो ।
मंगलबार भएको हमलामा कम्तीमा ८० जना घाइते भएको र तीमध्ये ३७ जना बालबालिका रहेको बताइएको छ । हमलामा सरकारी सेनाले क्लोरिन ग्यास प्रयोग गरेको अधिकारवादीहरुको भनाइ छ ।
बिलाल अब्दुल करिम नाम गरेका सिरियाली पत्रकारले क्लोरिन हमला भएको उल्लेख गर्दै आफू पनि त्यसबाट प्रभावित भएको जानकारी दिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्