
काठमाडौं, भदौ २२ । स्वीडेन सरकारले नोबेल शान्ति पुरस्कार दिने समितिका दुई निर्णायकलाई बर्खास्त गरेको छ ।
बर्खास्तीमा पर्नेमा हैरियेट वालबर्ग र एडर्स हैम्सटन छन् । इटलीमा भएको अंग प्रत्यारोपणका क्रममा दुई बिरामीको विवादास्पद मृत्युको घटनामा संलग्न चिकित्सकको पक्षमा बोलेको भन्दै यी दुई निर्णायकलाई बर्खास्त गरिएको बताइएको छ ।
साथै स्वीडेन सरकारले प्रतिष्ठित क्यारोलिस्का इन्स्टिच्युट पनि खारेज गरेको छ । इन्स्टिच्युटमा यी दुई वैज्ञानिक कार्यरत थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्