१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


युरोपियन च्याम्पियन पोर्चुगललाई स्विट्जरल्याण्डले हरायो


0
Shares

काठमाडौं, भदौ २२ । युरोपियन च्याम्पियन पोर्चुगलले विश्वकप छनोट चरणको पहिलो खेलमा हार व्यहोरेको छ ।

मंगलबार राति भएको युरोपेली समुह बी को खेलमा पोर्चुगललाई स्विट्जरल्याण्डले २-० ले हराएको हो ।

खेलमा स्विट्जरल्याण्डलाई विजयी गराउन ईम्बोलो र मेहेमेदीले एक/एक गोल गरे ।

यही समुहका अन्य खेलहरुमा लात्भियाले एण्डोरालाई १-० ले हराउँदा हंगेरी र फारो आईल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।

उता समुह ए को खेलमा फ्रान्सलाई बेलारुसले गोलरहित बराबरीमा रोक्दा बुल्गेरियाले लक्जेम्बर्गलाई ४-३ ले हराएको छ । नेदरल्याण्ड्स र स्विडेनले १-१ गोलको बराबरी खेलेका छन् ।

विश्वकप छनोटअन्तर्गत युरोपेली समुह एच का खेलहरुमा बेल्जियमले साईप्रसलाई ३-० ले हराउँदा ग्रिसले जिब्रल्टारलाई ४-१ ले तथा बोस्नियाले ईस्टोनियालाई ५-० ले हराएको छ ।