
काठमाडौं, भदौ २१ । विश्वकप छनोट फुटबलअन्तर्गत् नेपाली समयअनुसार मंगलबार राति साढे १२ बजे ९ खेल हुँदैछन् ।
युएफा छनोटअन्तर्गत् समूह ‘ए’को खेलमा फ्रान्सले बुल्गेरियासँग, स्वीडेनले नेदरल्यान्डस्सँग तथा लग्जेम्बर्गले बुल्गेरियासँग खेल्नेछ ।
त्यस्तै, समूह ‘बी’को खेलमा पोर्चुगलले स्वीट्जरल्याँडसँग, हंगेरीले फोरोइ आइसल्यान्डसँग तथा लात्भियाले एन्डोरासँग खेल्नेछ ।
त्यस्तै, समूह ‘एच’को खेलमा बेल्जियमले साइप्रससँग, ग्रीसले जिब्राल्टारसँग र इस्टोनियाले बोस्निया हर्जगोबिनासँग खेल्नेछ ।
बुधबार बिहान पनि ९ खेल नै हुँदैछन् । कोन्मेबोल छनोटअन्तर्गत् अर्जेन्टिनाले भेनेजुएलासँग र उरुग्वेले पाराग्वेसँग नेपाली समयअनुसार बुधबार बिहान पौने ५ बजेदेखि खेल्नेछ ।
त्यस्तै, सवा ५ बजे चिलीले बोलिभियासँग खेल्दा साढे ६ बजे ब्राजिलको भिडन्त कोलम्बियासँग हुँदैछ । अर्को चरण प्रवेशको सम्भावना बलियो पार्न ब्राजिललाई यो खेल जित्नैपर्ने दबाब छ । त्यस्तै, बिहान ८ बजे पेरु र इक्वेडर भिड्नेछन् ।
१० टिम सहभागी कोन्मेबोल छनोटमा शीर्ष चार टिम अर्को चरणमा प्रवेश गर्नेछन् भने पाँचौं स्थानमा रहने टिमले अर्को छनोट खेलेर अवसर पाउन सक्नेछ ।
सातौं चरणको समाप्तीसम्म १४ अंकबाट अर्जेन्टिना शीर्ष स्थानमा रहँदा १३ अंकका उरुग्वे, कोलम्बिया र इक्वेडर क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।
त्यस्तै, १२ अंकका ब्राजिल र पाराग्वे पाँचौं र छैटौं स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्