१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


फिलिपिन्सका राष्ट्रपतिले अपशब्द प्रयोग गरेको भन्दै ओबामाले भेट अस्वीकार गरे


0
Shares

काठमाडौं, भदौ २१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्तेलाई भेट्न अस्वीकार गरेका छन् ।

लाओसमा हुन लागेको आसियान शिखर सम्मेलनमा ओबामा र डुटेर्तेबीच भेटघाट हुने निधारित कार्यक्रम रहे पनि राष्ट्रपति डुटेर्तेले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै ओबामाले भेट्न अस्वीकार गरेका हुन् ।

सम्मेलनअघि डुटेर्तेले ओबामामाथि अपशब्द प्रयोग गर्दै गाली गरेका थिए । फिलिपिन्सका सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिने क्रममा डुटेर्तेले फिलिपिन्स सम्प्रभु देश भएको भन्दै यसको मालिक पनि फिलिपिन्सका जनता मात्र भएको प्रतिक्रिया दिएका थिए ।

उनी राष्ट्रपति भएपछि फिलिपिन्समा अहिलेसम्म २ हजार ४ सयभन्दा बढी मारिएका छन् ।(एजेन्सी)