१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


महिला विश्वकप क्रिकेटः नेपालले हङकङ, थाइल्याण्ड र चीनसँग खेल्ने


0
Shares

काठमाडौं, भदौ २१ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले महिला विश्वकप क्रिकट छनोट चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार नेपालले अक्टोबर ९ तारिखमा आयोजक हङकङ विरुद्ध पहिलो खेल खेल्नेछ ।

हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म हुने छनोट चरणमा नेपाल र हङकङसँगै चीन र थाइल्याण्ड पनि सहभागि छन् ।

नेपालले दोस्रो खेलमा थाईल्याण्डको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेलमा चीनको सामना गर्नेछ । यसपछि यिनै तीन टोलीसँग दोस्रो चरणका खेल हुनेछन् ।

चार टोली सहभागि छनोट प्रतियोगिता दोहोरो राउण्ड रोबिन लिगका आधारमा हुनेछन् ।

समुहमा शीर्ष स्थान हात पार्ने टोलीले महिला विश्वकप क्रिकेटको मुख्य प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

यही प्रतियोगिताको तयारी स्वरुप नेपालले हालैमात्र ३८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।