
काठमाडौं, भदौ २० । पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पुनः पक्राउ परेका छन् ।
एकजना उद्यमी महिलालाई फोन गरी ५० लाख रुपैयाँ मागेको र नदिएमा अपहरण गर्ने धम्की दिएको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले गुप्तालाई ताल्सीखेलबाट पक्राउ गरेको हो ।
गुप्तालाई अपहरण तथा शरीर बन्धक उद्योगमा प्रहरीले अदालतबाट चारदिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
गुप्ता व्यापारी पवन संघाई अपहरणको अभियोगमा पक्राउ परेर तीन वर्ष जेल बसेर गत वर्ष छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस्