१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


विश्वकप छनोटः आज राति ९ खेल, इटाली, स्पेन, क्रोएसियाले आफ्नो खेल खेल्दै


0
Shares

काठमाडौं, भदौ २० । सन् २०१८ को विश्वकप छनोट फुटबलअन्तर्गत् सोमबार राति ९ खेल हुँदैछन् ।

नेपाली समयअनुसार राति पौने १० बजे जर्जियाले अष्ट्रियासँग खेल्दैछ । बाँकी सबै खेल राति साढे १२ बजे हुनेछन् ।

इटालीले इजरेलसँग, स्पेनले लिचेस्टेनसँग, सर्वियाले आयरल्यान्डसँग तथा वेल्सले मोल्डोभासँग खेल्दैछ ।

त्यस्तै, क्रोएसियाले टर्कीसँग, युक्रेनले आइसल्यान्डसँग तथा अल्बानियाले मेसेडोनियासँग खेल्नेछ ।

यसअघि, आइतबार रातिका खेलमा विजयी हुँदै जर्मनी र इंग्ल्यान्डले विजयी सुरुआत गरेका छन् ।

जर्मनीले नर्वेलाई ३–० ले तथा इंग्ल्यान्डले स्लोभाकियालाई १–० ले हरायो ।