
कृष्ण बोहोरा (इमेज)
जुम्ला, भदौ २० । जुम्लाको शनिगाउँनजिकै जलजला जंगलबाट अत्याधुनिक हतियार एसएलआर लुकाएर राखिएको अवस्थामा प्रहरीले फेलापारेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लामा सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले फेलापारेको हतियार सार्वजनिक गरेको हो ।
जंगलको स्याउ बगैंचामा झोलामा लुकाइराखेको अवस्थामा हतियार फेलापारेको प्रहरीले जनाएको छ ।
प्रहरीले हतियारसहित एसएलआरको चालवाला पूर्जा, म्यागजिन र २५ राउन्ड गोली फेलापारेको जनाएको छ ।
प्रहरीले केही समय अगाडि बरामद गरेको पेस्तोल, त्यसमा लाग्ने गोली र केही रकम पनि सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्