१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


हङकङमा चीन विरोधी अभियानकर्ताले बहुमत ल्याउने संकेत


0
Shares

काठमाडौं, भदौ २० । हङकङमा आइतबार सम्पन्न विधायन परिषद्को चुनावमा चीन विरोधी अभियानकर्ताहरुको नयाँ पिढींले विजय हासिल गरेको प्रारम्भिक नतिजाले देखाएको छ ।

यसमा सन् २०१४ को प्रजातान्त्रिक विशाल प्रदर्शनका युवा नेता नाथान पनि छन् ।

हङकङमा पहिलो पटक प्रदर्शनकारी युवा नेता वास्तविक शक्तिमा उदाएको यो पहिलो पटक हो । तर इलेक्ट्रोरल प्रणालीका कारण बेङजिङ समर्थित नेताले बहुमत सीटमा जित्ने देखिएको छ ।

पूर्ण प्रजातन्त्र बहालीका लागि सन् २०१४ मा भएको आन्दोलन यता पहिलो पटक हङकङमा चुनाव भएको हो ।

चुनावले त्यहाँको कार्यकारी प्रमुख निर्वाचित नगरे पनि चीनले वर्तमान कार्यकारी प्रमुखलाई नै कायम राख्ने वा त्यसको विकल्प चुन्ने भन्नेचाहिं टुंगो गर्न सक्ने जनाइएको छ ।

बेइजिङसँग कस्तो सम्बन्ध राख्ने भन्ने मुद्दाका साथ मूख्य राजनीतिक दलहरु निर्वाचनमा होमिएका छन् ।

जनसंख्याको ६ प्रतिशतले ३० सीटको निर्णय गर्नेछन् । सन् २०१४ मा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीले सी वाईको राजीनामा माग्दै दुई महिना लामो आन्दोलन गरेका थिए ।

यस निर्वाचनमा बेइजिङ पक्षधर, परम्परागत प्रजातन्त्र पक्षधर र स्थानीय सरोकारवाला पार्टीबीच मूख्य प्रतिष्पर्धा रहेको छ ।

३ करोड ७० लाख मतदाता रहे पनि ३० सिटको छिनोफानो भने २ लाख ४० हजार मानिसले मात्र गर्ने पद्धतिको प्रजातन्त्र पक्षधरले विरोध गर्दै आएका छन् । (एजेन्सी)