१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


दुई पटक च्याम्पियन बनेका नदाल चौथो चरणबाटै बाहिरिए


0
Shares

काठमाडौं, भदौ २० । दुई पटकका च्याम्पियन रफाइल नदाल यस वर्षको यु.एस. ओपन टेनिस प्रतियोगिताको चौथो चरणबाटै बाहिरीएका छन् ।

अमेरिकामा जारी वर्षको चौथो तथा अन्तिम ग्रान्ड स्लाम टेनिस प्रतियोगितामा नदाललाई फ्रान्सका लुकास पाउलीले हराएका हुन् ।

उपाधि दावेदार एवं १४ पटकका ग्रान्ड स्लाम विजेता नदाल विरुद्धको खेल २५ औं वरियताका फ्रेन्च खेलाडी पाउलीले ६-१, २-६, ६-४, ३-६ र ७-६ ले जिते । करियरको अहिलेसम्मकै ठुलो जीतसहित पाउली क्वाटरफाईनलमा पुगेका हुन् ।

पाउलीले अब आफ्नै राष्ट्रका गेल मोन्फिल्ससँग खेल्नेछन् । प्रि क्वाटरफाईनलमा साईप्रसका मार्कस बग्दातिसलाई हराँउदै मोन्फिल्स अन्तिम आठमा पुगेका हुन् ।

उता महिलातर्फ ब्रिटेनकी योहाना कोन्टालाई ६-४ र ७-५ ले हराँउदै लात्भीयाकी अनास्तासिया सेभास्तोभा क्वाटरफाईनलमा पुगेकी छिन् ।

यसैगरी अमेरीकाकी किजलाई हराँउदै डेनमार्ककी क्यारोलिन वोज्नीयाकी पनि क्वाटरफाईनलमा पुगेकी छिन् ।