१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेपाली क्रिकेटले नयाँ उचाई लिने दाबी


0
Shares

धनकुटा, भदौ १९ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्टले नेपाली क्रिकेटले अब नयाँ उचाई लिने दाबी गरेका छन् ।

धनकुटास्थित बहुउद्देश्यीय कर्भड हलको आइतबार उद्घाटन गर्दै बिष्टले निलम्बनमा परेको ‘क्यान’लाई फुकुवा गर्न आइसीसी तयार भएकाले अब क्रिकेटमा कुनै बाधा नरहने जिकिर गरे ।

पाँच बर्ष यता राष्ट्रिय खेलकुद हुन नसकेकोले देशले एक पुस्ताको प्रतिभावान खेलाडी गुमाउनु परेको भन्दै उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता जुनसुकै हालतमा पनि सम्पन्न गर्ने जनाए ।