१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


एण्डी मरे युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश


0
Shares

काठमाडौं, भदौ १९ । ब्रिटिस खेलाडी एण्डी मरे अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।

तेस्रो चरणको खेलमा इटालीका लोरेन्जीलाई ७-६, ५-७, ६-२ र ६-३ ले हराँउदै मरे चौथो चरणमा पुगेका हुन् ।

यसैगरी स्पेनका डेभिड फेररलाई ७-६, ६-२ र ६-३ ले हराँउदै अर्जेन्टिनाका हुँवा मार्टीन डेल पोर्टो पनि चौथो चरणमा पुगेका छन् ।

यसअघि तेस्रो चरणका खेलहरुमा विजयी हुँदै शिर्ष खेलाडीहरु नोभाक जोकोभिच र रफाईल नदाल पनि चौथो चरणमा प्रवेश गरीसकेका छन् ।

उता महिलातर्फ अमेरीकाकी सेरेना विलियम्स चौथो चरणमा पुगेकी छिन् । स्विडेनकी योहाना लार्सनलाई साझो सेटमा हराँउदै सेरेनाले ग्रान्ड स्लाम टेनिसमा ३ सय ७ खेल जित्दै मार्टीना नाभ्रातिलोभाको किर्तीमान बराबरी गरेकी छिन् । पुरुषतर्फ यो किर्तीमान रोजर फेडेररको नाममा रहेको छ ।