
काठमाडौं, भदौ १८ । दोस्रो पुष्पसदनकप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक पुष्पसदन आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
शनिबारको भएको फाइनल खेलमा पुष्पसदनले जुनियर र सिनियर दुबैतर्फको उपाधि जितेको हो ।
जुनियरतर्फको खेलमा पुष्पसदनले नेरिक एकाडेमीलाई तीन अंकले जित्यो । पुष्पसदनले २८ अंक बनाउँदा नेरिकले २५ अंक बनायो ।
त्यस्तै, सिनियरतर्फ पनि पुष्पसदनकै टोलीले ग्रीन फिल्डलाई ३२ अंकको फराकिलो स्कोरले पराजित गर्यो । पुष्पसदनले ५९ अंक बनाउँदा ग्रीन फिल्डले २७ अंकमात्र बनाउन सक्यो ।
सिनियरतर्फको उपाधि जित्दै पुष्पसदनले आठ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।
त्यस्तै, उपविजेता बनेको ग्रीन फिल्डले पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्यो ।
सिनियर टोलीमा पुष्पसदनका अभिषेक सिंह उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै, जुनियरतर्फको उपाधि विजेता पुष्पसदनले पाँच हजार रुपैयाँ नगद तथा ट्रफी हात पारेको छ ।
जुनियरतर्फ पनि पुष्पसदनकै रोजेन महर्जन उत्कृष्ट खेलाडी बने ।
प्रतिक्रिया दिनुहोस्