
बाँके, भदौ १७ । अपरिचित व्यक्तिले दिएको पेय पदार्थ पिउँदा सल्यान घर भएका शितल रानाको मृत्यु भएको छ भने सल्यान काभ्रा–३ बस्ने ३० बर्षीय बीरबहादुर राना बेहोस भएका छन् ।
कोहलपुर नगरपालिका–६ स्थित गोल्छा भन्ने स्थानमा बिहीबार शितल रानालाई मृत अवस्थामा र बिर बहादुर रानालाई बेहोस अवस्थामा फेला पारिएपछि प्रहरीले बेहोस बीरबहादुर रानालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएपछि उनी होसमा आएका थिए ।
निजले बताएअनुसार दुवै जना भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गर्दा आफुलाई कोहलपुरका हौं भनि बताउने अपरिचित ३ जनाले नाम नखुलेको होटेलमा लगि पेय पदार्थ (कोक) खुवाएको र सो पश्चात दुवै जना बेहोस भएका थिए ।
दुवै जनाको साथमा रहेको नगद १२ हजार रुपैयाँ, मोबाईल थान २ र कपडा रहेको झोला समेत लुटपाट भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्