१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


पुष्पसदनकप बास्केटबलको सेमिफाइनल समीकरण पूरा


0
Shares

काठमाडौं, भदौ १६ । दोस्रो पुष्पसदनकप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

कीर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयको मैदानमा जारी प्रतियोगितामा आयोजक पुष्पसदनको सिनियर र जुनियर दुबै टिम सेमिफाइनल प्रवेश गरेका छन् ।

यस्तै, सिनियरतर्फ आयोजक पुष्पसदनका साथै ग्रीनफिल्ड, ब्राइट होराइजन र र्‍याडियन्ट पब्लिक स्कुलले अन्तिम चारमा स्थान बनाएका छन् ।

जुनियरतर्फ पनि आयोजक पुष्पसदनका साथै ग्रीनफिल्ड, नेरिक एकाडेमी र इनोभेटिभ सेमिफाइनल पुगेका छन् ।

प्रतियोगिताअन्तर्गत् बिहीबार भएका क्वार्टरफाइनलका खेलमा सिनियरतर्फ र्‍याडियन्ट पब्लिकले न्यू जेनिथलाई ४५–२१ ले पराजित गर्दा आयोजक पुष्पसदनले एलआरआईलाई ५१–४२ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्‍यो ।

यस्तै, ग्रीनफिल्डले विल्सिन एकाडेमीलाई ४८–३८ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

यसैगरी, जुनियरतर्फ नेरिकले कमल इंग्लिस स्कुललार्ई ४४–८ को भारीअन्तरले पराजित गर्दा ग्रीनफिल्डले हिलटाउनलाई २२–२० ले पराजित गर्‍यो ।

यस्तै, इनोभेटिभले राराहिल मेमोरियल स्कुललाई ४१–२५ ले पराजित गर्दा पुष्पसदनले न्यू जेनिथलाई २२–५ को भारीअन्तरले पराजित गर्‍यो ।