१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भेसीलीको ‘वाक ओभर’, जोकोभिच र नदाल तेस्रो चरणमा, मुगुरुजा बाहिरिइन्


0
Shares

काठमाडौं, भदौ १६ । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र रफाइल नदाल युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

दोस्रो चरणको खेलमा चेक गणतन्त्रका जिरी भेसीलीले ‘वाक ओभर’ दिएपछि विश्व नम्बर एक सर्वियन खेलाडी जोकोभिच तेस्रो चरणमा पुगेका हुन् ।

यसैगरी, इटालीका आन्द्रिया सेप्पीलाई ६–०, ७–५ र ६–१ ले हराँउदै स्पेनिस खेलाडी नदाल पनि तेस्रो चरणमा पुगेका छन् ।

उता, क्यानाडाका मिलोस राओनिक भने दोस्रो चरणबाटै बाहिरिएका छन् । राओनिकलाई अमेरिकाका रायन ह्यारिसनले ६–७, ७–५, ७–५ र ६–१ को कठीन सेटमा हराएका हुन् ।

युएस ओपन टेनिसको महिलातर्फ रुसकी स्वेतलाना कुज्नेत्सोभालाई हराउँदै डेनमार्ककी क्यारोलिन वोज्नियाकी पनि तेस्रो चरणमा पुगेकी छन् ।

तर, फ्रेन्च ओपन च्याम्पियन स्पेनिस खेलाडी गार्बिने मुगुरुजा भने दोस्रो चरणबाटै बाहिरिएकी छन् ।

मुगुरुजालाई लात्भियाकी खेलाडी सेभास्तोभाले ७–५ र ६–४ को सोझो सेटमा हराएकी हुन् ।