१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


खेलाडी किनबेचमा नयाँ कीर्तिमान, कुन खेलाडीको मूल्य कति ?


0
Shares

काठमाडौं, भदौ १६ । बेलायतका प्रिमियर फुटबल क्लबहरुले खेलाडी किनबेचमा अहिलेसम्मकै बढी खर्च गरेका छन् ।

यो सिजनको खेलाडी किनबेच गर्ने समय ट्रान्सफर विन्डो बुधबार राति बन्द हुनुपुर्व अहिलेसम्मकै बढी खर्च गरिएको हो ।

ट्रान्सफर विन्डोको अन्तिम दिन बुधबार मात्रै १५ करोड ५० लाख पाउण्ड बराबरको कारोबार भएको छ ।

यो समेत जारी सिजनको खेलाडी किनबेच बापतको कुल कारोबार १ अर्ब ५० लाख पाउण्ड पुगेको छ । जबकी अघिल्लो सिजनको यही अबधिमा ८७ करोड पाउण्ड बराबरको खेलाडी किनबेच भएको थियो ।

यो सिजनका किनबेच गरिएका सबैभन्दा महंगा खेलाडी पउल पोग्बा हुन् । ईटालीयन क्लब युभेन्टसका फ्रेन्च खेलाडी पोग्बालाई भित्र्याउन म्यान्चेस्टर युनाईटेडले ८९ मिलियन पाउण्ड खर्च गरेको थियो ।

यसैगरी म्यान्चेस्टर सिटीले डिफेन्डर जोन स्टोन्सको लागि ४७ दशमलव ५ मिलियन पाउण्ड खर्च गर्दा सेनेगलका स्ट्राईकर सादियो मानेका लागि लिभरपुलले ३६ मिलियन पाउण्ड तिरेको थियो ।

बेलायतमा प्रिमियल लिग फुटबलको प्रत्यक्ष प्रसारणबापत क्लबहरुले पाउने आम्दानी बढेसँगै खेलाडी किनबेचमा समेत नयाँ कीर्तिमान बनेको हो ।

खेलाडी किनबेचको अन्तिम दिन चेल्सीले पूर्व डिफेन्डर डेभिज लुईजलाई पुनः क्लबमा भित्र्याएको छ भने आर्सनलका मिडफिल्डर ज्याक विल्सेर एक सिजनका लागि ऋण स्वरुप बर्नमाउथ पुगेका छन् ।