११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मानव बेचबिखन मुद्दामा ७० वर्षीय वृद्धलाई १० वर्ष जेल


0
Shares

गुल्मी, भदौ १६ । मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध आगामी दश वर्षका लागि कारागार चलान भएका छन् ।

यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

विकलाई मानव बेचबिखनको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले विगत ६ महिनाअघि रु ५० हजार बिगो जरिवानासहित दशवर्षका लागि कैद सजाय सुनाएकोे थियो ।

अदालतको फैसलापछि फरार रहेका विकलाई विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो । पक्राउ परेका विकलाई कैद भुक्तानीका लागि जिल्ला कारागार गुल्मीमा चलान गरिएको छ । (रासस)