
काठमाडौं, भदौ १६ । भूकम्पले क्षतिग्रस्त राणाकालीन दर्जनौं दरबार पुरानै अवस्थामा टिकाइराख्न मुस्किल पर्ने भएको छ ।
पुरातत्व विभागले ती दरबारहरुलाई सकेसम्म जोगाउन वा पुरानै मौलिक स्वरुपमा पुनर्निर्माण गर्न भनेको छ । तर क्षतिग्रस्त सबै दरबार त्यसरी बनाउन सम्भव नभएको सहरी विकास मन्त्रालयका प्राविधिकहरु बताउँछन् ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका सहित दर्जनौं प्रमुख सरकारी कार्यालय अहिलेसम्म पनि तिनै राणाकालीन भवनमा छन् ।
सहरी विकास मन्त्रालय र सिंहदरवार पुनर्निर्माण सचिवालयले भत्काएर पुनर्निर्माण गर्नुपर्ने भनिरहेका भवनलाई पुरातत्व विभागले हदैसम्मको विकल्प प्रयोग गरेर अहिलेकैलाई जोगाउन वा पुरानै मौलिक स्वरुपमा पुनर्निर्माण गर्न दबाब दिइरहेको छ । यसबारे मन्त्रालय, पुनर्निर्माण सचिवालय र विभागबीच शीतयुद्धजस्तै चलिरहेको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्