११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘नक्कली’ पाइलटः नागरिकको जीवनमाथि खेलवाड नहोस् भनेर ‘अपरेसन हक’ (भिडियो रिपोर्ट)


0
Shares

भुवन भट्ट/राममान डंगोल (इमेज)
काठमाडौं, भदौ १५ । नेपाली बजारमा नक्कली सामग्रीको मात्रै होइन, नक्कली प्रमाणपत्रधारीको त्यतिकै बिगबिगी छ ।

‘नक्कली’ डाक्टरहरुको भन्डाफोर भइरहेकोबेला ‘नक्कली’ पाइलटसमेत पक्राउ पर्न थालेका छन् ।

नक्कली डाक्टरहरु समात्ने ‘अपरेसन क्वाक’ सन्चालन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नक्कली पाइलटहरुकोसमेत खोजी तीव्र बनाएको छ ।

नेपाली आकाशमा विमान दुर्घटनाकोक्रम बढेको सन्दर्भमा अनुसन्धान गर्दै जाँदा विमानचालकको योग्यतामा शंका लागेर यो अप्रेसन सुरु गरिएको सीआइबी प्रमुख डीआइजी नवराज सिलवालले बताए ।

‘अप्रेसन हक’अन्र्तगत् दुईजनालाई पक्राउ गरी कारबाही सुरु गरिएको छ । पक्राउपर्नेमा आइएससी वा १२ कक्षाको नक्कली प्रमाणपत्र लिएर पाइलट कोर्स गरेका भेटिएका छन् ।

सर्वसाधारणको स्वास्थ्य तथा जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेशा डाक्टर र पाइलटको विषयमा व्यापक निगरानी गरेपछि अपरेसन सुरु गरेको डीआइजी नवराज सिलवालले बताए । एक रिपोर्ट (विस्तृत भिडियो हेर्नुहोस्) ।