११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सिरियामा भएको आक्रमणमा आईएसका प्रवक्ता मारिए


0
Shares

काठमाडौं, भदौ १५ । सिरियामा भएको आक्रमणमा इस्लामिक अतिवादी समूह आईएसका प्रवक्ता मारिएका छन् ।

सिरियाको एलेप्पो शहरमा भइरहेको सैन्य हमलाको जवाफी कारबाहीमा अबु मोहमद अल अदनानी मारिएका हुन् ।

अदनानी आईएसका लागि प्रभावशाली नेता मानिन्थे । गत मे मा सिरियाबाट भिडियो सन्देश प्रवाह गर्दै अदनानीले पश्चिमा राष्ट्रहरुमाथि आक्रमण गर्न मुस्लिम समुदायलाई अपील गरेका थिए ।

युरोपलगायत अन्य मुलुकमा गरिएका आक्रमणको मुख्य योजनाकार अदनानीलाई मानिएको छ ।

सिरियाकै नागरिक अदनानी सन् २००३ मा इराकमा भएको अमेरिकी हमलामा अमेरिकाको विरोध गर्ने पहिलो विदेशी लडाकु थिए । उनको मृत्युले आईएसलाई ठूलो धक्का लागेको छ । (एजेन्सी)