८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आमाको नाममा नागरिकता पाइएन


0
Shares

काठमाडौं, भदौ १५ । नयाँ संविधानअनुसार आमा वा बुबाको नामबाट सहज रुपमा नागरिकता बन्नुपर्ने हो । तर बाँके प्रशासनले नागरिकता सम्बन्धी ऐनलाई देखाएर आमाको नाममा नागरिकता दिन अस्वीकार गरेको छ ।

संविधानको धारा ११ को उपदफा २ को देहाय १ ले संविधान प्रारम्भ हुँदाका बखतदेखि नागरिकता सम्बन्धी व्यवस्था लागू हुने भनेको छ । तर स्थानीय प्रशासनले नागरिकता ऐन २०६३ लाई आधार मान्दा बागेश्वरी २, खजुराकी १९ वर्षीय रुथ घर्तीमगर नागरिकता पाउनबाट वञ्चित भएकी छन् ।

उनकी आमा कमलाको वंशजको आधारमा नागरिकता छ । दिदी निर्मलाको पनि नागरिकता बनेको छ । तर रुथ भने आमाको नामबाट नागरिकता बनाउन महिनौंदेखि प्रशासन धाइरहेकी छन् । –कान्तिपुर दैनिकबाट