
काठमाडौं, भदौ १४ । किर्गिस्तानको राजधानी बिश्केकस्थित चिनियाँ दूतावास नजिक आत्मघाती विष्फोट भएको छ ।
विष्फोटमा परि कार चालकको मृत्यु भएको छ भने अरु तीन जना दूतवासका कर्मचारी घाईते भएका छन् ।
घाईते सबै किर्गिस नागरिक हुन् । एउटा कार आएर दूतावासको गेटमा ठोक्किएको र राजदूतको निवास अगाडि विष्फोट भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
विष्फोट लगत्तै दूतावासमा रहेका कर्मचारी र नजिकै रहेको अमेरिकी दूतावासका कर्मचारीलाई सुरक्षित स्थानमा लगिएको थियो । घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्