११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


यमनमा सेनाको ट्रेनिङ क्याम्पमा आत्मघाती आक्रमण, ६० जना मारिए


0
Shares

काठमाडौं, भदौ १३ । यमनको दक्षिणी सहर एडेनमा सेनाको ट्रेनिङ क्याम्पमा गराइएको आत्मघाती आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

ट्रेनिङ क्याम्प सरकार समर्थित ‘पपुलर रेजिस्टेन्स’ नामको मिलिसिया समूहले सन्चालन गरेको बताइएको छ । आक्रमणमा परी धेरै घाइते भएका छन् ।

यो मिलिसियाले गत वर्ष हुथी विद्रोहीलाई एडेन सहरबाहिर धपाउन भूमिका खेलेको थियो ।

आक्रमणको जिम्मेवारी इस्लामिक चरमपन्थी समूह ‘आइएस’ले लिएको बताइएको छ ।

यमनमा साउदी सरकारको सहयोगमा रहेको यमनी सरकार र विद्रोहीबीच १७ महिनादेखि संघर्ष चलिरहेको छ ।

सन् २०१५ को जनवरीमा शिया हुथी विद्रोहीले राजधानी सनामा नियन्त्रण कायम गरेपछि यमनमा गृहयुद्व सुरु भएको हो ।

संघर्षका कारण ६ हजार ६ सयको मृत्यु भइसकेको छ । २५ लाख मानिस विस्थापित भएका छन् । (एजेन्सी)