११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


जापानमा कार्यस्थलमै गोली चल्यो, एकको मृत्यु, तीन घाइते, सचेत रहन आग्रह


0
Shares

टोकियो, भदौ १३ । पश्चिमी जापानको याकायामा भन्ने स्थानमा रहेको एक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीमा सोमबार बिहान गोली चल्दा एकजनाको घटनास्थलमै निधन भएको छ ।

सो गोलीकान्डमा परी अरु तीनजना नराम्ररी घाइते भएका छन् । सोमबार बिहान भएको सो घटनाको प्रहरीले पुष्टि गरेको छ ।

सो कम्पनीमा सोमबार बिहान पुगेको करिब ५० वर्षको जस्तो देखिने व्यक्तिले पहिला उक्त कम्पनीका कर्मचारीसँग कुराकानी गरेपछि झोलाबाट बन्दुक झिकेर अकस्मात् प्रहार गर्न थालेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

सो व्यक्तिले उक्त कम्पनीका चारजनालाई तारो बनाएको र सो कम्पनीमा पसेपछि उनीहरुसँग कुरा गरेजस्तो गरेर गोली हानेको थियो ।

गोली हानेपछि आक्रमणकारी त्यहाँबाट भागेको थियो । प्रहरीले उसलाई पक्राउ गर्न सकेको छैन । सोमबार अपराह्नसम्म उसको खोजी जारी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय नागरिकलाई पनि सचेत भएर रहन सूचना जारी गरेको छ । उसले गाउँमा पसेर पनि आक्रमण गर्नसक्ने भएकोले सतर्क रहन भनेको छ । रासस/सिन्ह्वा