
काठमाडौं, भदौ १२ । राजधानीमा जारी रेडबुल बी डिभिजन लिग फुटबल प्रतियोगितामा बाँसबारी क्लबले खुमलटार क्लबसँग बराबरी खेलेको छ ।
सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलमा बिनोद गुरुङले २७ औ मिनेटमा गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए तर खुमालटारका लागि ५२ औं मिनेटमा ठाकुर श्रेष्ठले गोल फर्काउदै टोलीलाई हारबाट जोगाएका हुन् ।
प्रतियोगिता अन्तर्गत हल्चोक मैदानमा आजै भएको अर्को खेलमा पुल्चोक स्पोर्टस क्लबले सामाजिक युथ क्लबलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
खेलमा पुल्चोकलाई बिजयी गराउन कमल थापा, आशिष गुरुङ, पुर्णबहादुर गुरुङ र मिलन गुरुङले समान १–१ गोल गरे । जितसँगै पुल्चोक अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्