
सिरिया, भदौ १२ । लामो समयदेखि विद्रोहीको कब्जामा रहेको सिरियाको दराया शहर फेरि सरकारले नियन्त्रणमा लिएको छ ।
विद्रोहीले शहर छोडेपछि दराया शहर सरकारी नियन्त्रणमा गएको हो ।
शहर छाड्नुअघि विद्रोहीले हतियारसमेत बुझाएको बताइएको छ । यसअघि दमस्कस शहर पनि सरकारले नियन्त्रणमा लिएको थियो ।
यसैबीच सिरियाको एलोप्पो शहरमा गराइएको बम बिस्फोटमा परी १५ जना मारिएका छन् । सहायता सामग्री पाउन नसकिरहेको एलोप्पोका जनता भने मारमा परेका छन् ।
सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत स्टेफन द मिस्तुराले भने मानवीय सामग्री पुर्याउनका लागि प्रयास जारी राखेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्