११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


आप्रवासी नियन्त्रणका लागि ट्रयाकिङ सिस्टम विकास गर्छु : डोनाल्ड ट्रम्प


0
Shares

काठमाडौं, भदौ १२ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले आप्रवासी नियन्त्रणका लागि आफूले ट्रयाकिङ सिस्टम विकास गर्ने बताएका छन् ।

आयोवा राज्यमा चुनावी अभियानलाई सम्बोधन गर्दै ट्रम्पले मुलुक भित्रिने र बाहिरिनेको राम्रो रेकर्ड राखिने भन्दै यसबाट भिसाको म्याद सकिएर पनि बस्नेहरुलाई पत्ता लगाउन सकिने बताए ।

दक्षिण मेक्सिकोमा पर्खाल ठड्याइने पनि उनले फेरि दोहो¥याए । अवैध आप्रवासीलाई सामाजिक कल्याणबाट दिइदै आएको सुबिधा पनि कटौती गर्ने ट्रम्पले प्रष्ट गरे ।

मेक्सिकोको सीमामा ठूलो पर्खाल उभ्याइने, देशव्यापी रुपमा ई–भेरिफाई गर्ने संस्था स्थापना गरिने र अवैध आप्रवासीले पाउँदै आएको सुबिधा कटौती गर्ने योजना उनले सुनाए । अमेरिकामा सवा करोडभन्दा बढी आप्रवासी अवैध रपमा बसिरहेको अनुमान छ । (एजेन्सी)