
काठमाडौं, भदौ १२ । भारतविरुद्धको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आयोजक वेष्ट इन्डिज एक रनले विजयी भएको छ ।
वेष्ट इंडिजको लडरहिलमा शनिबार राती भएको खेलमा दुबै इनिङमा गरेर किर्तीमानी ४ सय ८९ रन बनेको थियो ।
खेलमा पहिले व्याटिङ गरेको घरेलु टोली वेष्ट इंडीजले २० ओभरमा ६ विकेट गुमाएर २ सय ४५ रन बनायो ।
उसका लागि एभिन लेविसले ४८ बलमा शतक प्रहार गर्दा जोन्सन चाल्र्सले ३३ बलमा ७९ रन जोडे । वेष्ट इंडिजले खेलमा २१ छक्का प्रहार गरेको थियो ।
जवाफमा २ सय ४६ रनको विशाल लग्क्ष्य पछ्याएको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४४ रन मात्रै बनाउन सक्यो ।
भारतका लागि लोकेश राहुलले अविजित १ सय १० रन जोड्दा रोहित शर्माले ६२ रन जोडे ।
जितसँगै वेष्ट इंडीजले दुई खेलको टि ट्वेन्टी श्रृंखलामा १÷० को अग्रता लिएको छ । दोस्रो खेल आज राती सोही मैदानमा हुनेछ । यसअघि चार टेष्टको श्रृंखला भने भारतले २÷० ले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्