६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पशुपति परिसरका सम्पदा पुनर्निर्माणको जिम्मा भारतलाई दिने तयारी


0
Shares

काठमाडौं, भदौ ९ । भूकम्पमा क्षतिग्रस्त बनेका पशुपति मन्दिर परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जिर्णोद्धार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिन सरोकार निकायमा सहमति जुटेको छ ।

पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच मंगलबार यो सहमति जुटेको हो । त्यस अनुसार झण्डै एक अर्ब ४० करोड रूपैयाँ खर्च हुने भनिएको पशुपति क्षेत्रको सम्पदा जिर्णोद्धार प्रकृया अघि बढाउन अर्थ र परराष्ट्र मन्त्रालयले तदारूकता देखाउनुपर्ने छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार यो जीर्णोद्धार योजनाभित्र पशुपतिनाथको मुख्य मन्दिर भने समावेश गरिएको छैन ।

जीर्णोद्धार सम्बन्धी कुटनीतिक र आर्थिक सहमतिका प्रक्रिया टुंगो लाग्नासाथै भदौ अन्तिम साता हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण क्रममा अन्तिम सम्झौता हुन सक्ने पुरातत्वका एक अधिकारीले बताए । –कान्तिपुर दैनिकबाट