६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुमार्गीको रोकिएको रकममा प्रधानमन्त्रीको चासो


0
Shares

काठमाडौं, भदौ ९ । लामो समयदेखि रोकिएको व्यापारी अजेय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् ।

उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिका।ीहरुको सामूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेका हुन् ।

दाहालले सबै अधिकारीहरुको धारणा बुझे पनि कुनै निकायलाई निर्देशन भने दिएका छैनन् ।

‘कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसँग गत साता छलफल भएको हो,’ बैठकमा सहभागी एक अधिकारीले भने । ती अधिकारीका अनुसार बैठकमा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, राजस्व सचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका दुई सचिव, अर्थ र प्रधानमन्त्री कार्यालयका केही सहसचिवहरु, राष्ट्र बैंकका अन्य अधिकारी सहभागी थिए ।

बैठकमा दाहालले सरकारी अधिकारीहरुसँग रोकिनुको कारण, कानुनी व्यवस्था लगायतका विषयमा जानकारी लिएका थिए । दाहाल निकटकै व्यापारी मानिएका सुमार्गीले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) का रुपमा ल्याउन लागिएको करिब ११ अर्ब रुपैयाँ रोकिएको छ । –कान्तिपुर दैनिकबाट