
काठमाडौं, भदौ ८ । सिरियाको हिंसा प्रभावित डुमा सहरका शरीर जोडिएका एक महिनाका जुम्ल्याहा बालकको उपचारकाक्रममा मृत्यु भएको छ ।
राजधानी दमस्कसमा उपचारकाक्रममा उनीहरुको मृत्यु भएको हो । यसअघि उनीहरुको बचाउका लागि विश्व स्वास्थ्य संगठनलेसमेत अपील गरेको थियो ।
जुलाईमा जन्मिएका नौरास र मोआज नामका यी जुम्ल्याहाको छाती जोडिएको थियो । चिकित्सकहरुले शल्यक्रिया नगरे बच्चाको मृत्यु हुने जनाएका थिए ।
सिरियामा जारी संघर्षकाक्रममा डुमा सहर नराम्ररी प्रभावित भएको छ । यहाँ मानवीय सहयोग पुर्याउन पनि निकै कठिन भएको जनाइएको छ ।
विगत पाँच सय वर्षको इतिहासमा शरीर जोडिएका ६ सय शिशुको जन्म भएकोमा ७० प्रतिशतभन्दा बढी बालिका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्