११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भारतको उत्तर प्रदेश र बिहारमा बाढीबाट १२ जिल्ला प्रभावित


0
Shares

नयाँ दिल्ली, भदौ ८ । भारतको बिहार र उत्तर प्रदेशमा आएको बाढी अझै रोकिएको छैन । बाढीबाट १२ जिल्ला प्रभावित भएपछि त्यहाँका जनता मारमा परेका छन् ।

बिहारमा मात्रै २२ जनालाई बाढीले बगाएको छ । भोजपुर जिल्लामा १२ जनाको ज्यान गएको छ भने बैशालीमा ६ जनाको ज्यान गएको छ ।

नदीको सतह १ सय २९ सेन्टीमिटरले बढेर बस्तीमा प्रवेश गरेको बताइन्छ । उद्धारका लागि सेना र सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल, मध्यप्रदेश र उत्तराखण्डको सीमावर्ती इलाकामा भएको भारी बर्षाको प्रभाव उत्तर प्रदेशमा परेको भारतीय मौसमविद्हरुले जनाएका छन् ।

यसैबीच भारत सरकारले बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सर्न आदेश दिए पनि स्थानीय बासिन्दा घर छोड्न नमानेपछि उद्धारमा कठिनाई भएको भारतीय अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)