
अपडेट : रोम, भदौ ८ । इटालीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ । राजधानी रोमनजिक पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।
भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधा भाग पूर्णरुपमा ध्वस्त भएको छ ।
यस्तै अकुमोली शहरमा पनि थुप्रै घर भत्किएको बताइएको छ । पेरुगिए शहरको आधा भाग नै ध्वस्त भएको बताइएको छ । स्थानीय समयअनुसार आज बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ ।
भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो । भूकम्प गएपछि इटालीमा भागदौड मच्चिएको छ ।
इटालीमा सन् २००९ मा गएको ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्पमा परी ३ सय जनाले ज्यान गुमाएका थिए ।
अघिल्लो समाचार:
रोम, भदौ ८ । इटालीमा शक्तिशाली भूकम्प गएको छ । राजधानी रोमनजिक पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।
स्थानीय समयअनुसार आज बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ । भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो । भूकम्प गएपछि इटालीमा भागदौड मच्चिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्