६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


लोकसेवा आयोगको प्रस्तावमा सेनाको आपत्ति


0
Shares

काठमाडौं, भदौ ८ । नेपाली सेनामा प्रचलित भर्ना, छनोट, बढुवालगायत विषयलाई प्रभावित गर्ने गरी लोकसेवा आयोगले प्रस्ताव गरेको विधेयक मस्यौदाप्रति नेपाली सेनाले गम्भीर आपत्ति जनाएको छ ।

आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा नेपाली सेनाका कतिपय कर्तव्य र अधिकारहरुमा आयोगले हस्तक्षेप गरेको भन्दै सैनिक मुख्यालयले असहमति जनाएको स्रोतले बताएको छ ।

नेपाली सेनासम्बन्धी विषयबस्तु समावेश गरी आयोगले तयार पारेको विधयेकप्रति असहमति जनाउँदै सैनिक मुख्यालयले मंगलबार विधेयकमा उल्लेखित नेपाली सेनाका प्रावधानप्रति सुझाव र राय बुझाएको स्रोतले बताएको छ ।

नेपाली सेनाले घुमाउरो शैलीमा विधेयकमा उल्लिखित ती प्रावधानहरु हटाउनसमेत आयोगलाई आग्रह गरेको छ । उक्त विधेयक संसदमा दर्ता भइसकेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट