
ललितपुर, भदौ ६ । ऐतिहासिक तथा पुरातात्विक महत्वका मूर्ति चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापका मानबहादुर मगर, काभ्रपलाञ्चोकका गणेश बहादुर श्रेष्ठ र दोलखाका मिनबहादुर खत्री रहेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मलेन गरी अभियुक्तहरुबाट बरामद मूर्तिहरु तथा सुन–चाँदी रत्न सार्वजनिक गरेको हो ।
जसमध्ये देवदतमहाविहारको ४ सय वर्षभन्दा बढी पुराना बुद्ध तथा ताराका सुनका मूर्तिहरु र दिपंकर बुद्धका सुनका दुईवटा ठूला मुकुट र गरगहना रहेका छन् ।
अभियुक्त श्रेष्ठ चोरी गर्ने मुख्य व्यक्ति रहेको, मगरले चोरीका सामान ओसारपसार गर्ने गरेको र खत्री चोरीका मूर्तिहरु बिक्री वितरण गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्