
मनाङ, भदौ ३ । मनाङको पिसाङ जंगलबाट गएराति चार जना शिकारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुमको ट्याङ गाविस–८ का केशरमान ओली, सोही ठाउँंका नन्दराम रोक्का, कुलबहादुर रोक्का र कृष्णबहादुर मगर छन् ।
चारैजना जंगलमा कस्तुरी मार्नका लागि गएको प्रहरीले जनाएको छ । कस्तुरी मृग समात्न पासो थापेर बसेको अवस्थामा स्थानीयले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्