
कपिलवस्तु, भदौ ३ । कपिलवस्तुको सौराहा गाविस–३ बेलभरियामा गोली हानेर एक व्यक्तिको हत्या भएको छ ।
अज्ञात व्यक्तिको गोली प्रहारबाट स्थानीय ३२ वर्षीय राजु मल्लाहको मृत्यु भएको हो । शुक्रबार बिहान करिब २ बजेको समयमा घरमै सुतिरहेका मल्लाहलाई अज्ञात व्यक्तिले गोली हानेको परिवारका सदस्यहरुले बताएका छन् ।
उनको पेटमा एक गोली लागेकोे र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालाय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्